Banijya News

प्रधानमन्त्री देउवा आज बनारसमा

1
1.1K Shares

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशस्थित बनारस पुगेका छन् । आज आइतबार स्वदेश प्रस्थान गर्नुअघि उनी बनारसमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वागत गरेको जनाईएको छ । भ्रमण टोलीसहित बनारस पुगेका देउवाले त्यहाँ काशी विश्वनाथ धाममा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि आजै अपराह्न सवा ४ बजे उनी नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् । पत्नी आरजु देउवासहित शुक्रबार अपराह्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य छन् । भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा रहेको जनाईएको छ ।

 

 

1

Scroll to Top