Banijya News

१०० ले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

1
1.1K Shares

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले सुनको मूल्य आज प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने जनाएको छ । सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने भएको छ ।

1

Scroll to Top