कमेडी फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म वैशाख २३ गते हलमा रिलिज गर्ने तयारीमा छ । फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी , राजाराम पौडेल, किरण केसी, सुशील पोखरेल, सुरेन्द्र केसी, लगायतको अभिनय छ । यो कोरोना महामारीपछिको पहिलो कमेडी फिल्म हो । किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । शिवहरिले पहिलो फिल्म निर्देशन गरेका छन् ।


