जानकी फाइनान्सले ५१ हजार ३५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधबार सूचना जारी गर्दै अशोक कुमार साहको नाममा रहेको उक्त शेयर बिक्री खुला गरेको हो ।
फाइनान्सले बिक्री खुला गरेको शेयरमा पहिलो चरणमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउनुपर्नेछ ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि फाइनान्सले जनाएको छ ।


