ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ । आयोजनाले रिक्त रहेको पद परिपूर्तीका लागि कृषि, पशुपंक्षी, तर्फका नायव प्राविधिक सहायक पदमा रोजगारी खुलाएको हो ।
आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ जना माग गरेको छ । पशुपन्छीतर्फ १३ जना रहेका छन् । लोकसेवा आयोगले निर्धारण गरेको योग्यता भएकाले सम्बन्धित पदका लागि आवेदन दिन सक्नेछन् । दरखास्त दिने पुरुष १८ वर्षदेखि ३५ वर्षसम्मको हुने पर्नेछ । महिलाको हकमा १८ देखि ४० वर्षसम्मकाले आवेदन दिन सक्नेछन् ।
उक्त पदका लागि आगामी बैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । वैशाख २० गतेसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ ।
आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय (पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ।


