पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार आज ४ हजार ८ सय ७ जनाको नमुना परीक्षण गर्दा १३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ सय ६५ मा झरेको छ ।


