Banijya News

आइएमई जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1
1.1K Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म शेयर बुकक्लोज गर्ने भएको छ ।
चैत २४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब सभामा पेश हुनेछ । त्यसैगरी, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । कम्पनीले वैशाख ९ गते २४ औं वार्षिक साधारण सभा डाकेको छ । सभा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

1

Scroll to Top