Banijya News

ग्लोबल आइएमईको बोनस पाउन शेयरधनीले कर तिर्नुपर्ने

1
1.1K Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरको कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले एक सूचना प्रकासित गरी तत्कालीन लघुवित्तका शेयरधनीलाई पहिला कर तिर्न आग्रह गरेको हो । कम्पनीले २०७८ वैशाख ८ गतेपछि शेयर खरिद गरेका लगानीकर्तालाई बोनस शेयरमा लाग्ने कर तिर्न भनेको छ ।
कम्पनीले बोनस शेयरको कर बापतको रकम ग्लोबल आइएमई बैंकको शाखा कार्यालय न्यूरोड, पोखरमा रहेको खाता नम्बर १२०१०१००००३७० मा जम्मा गरिदिनका लागि आग्रह गरेको हो ।
कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत कम्पनीले भनेको छ ।

1

Scroll to Top