आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था आईतबार (चैत २७ गते) वार्षिक साधारण सभा बस्ने भएको हो । लघुवित्त वित्तीयका अनुसार सभामा गत वर्षको नाफाबाट २१% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसैगरी, बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७-७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८।७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छन् । सभाका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका शेयरधनीले प्रस्तावित बोनस शेयर पाउनेछन् ।


