Banijya News

आरटीजीएस प्रणाली शनिबार सुचारु रहने

1
1.1K Shares

रियल टायम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली शनिबार पनि सञ्चालन हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले शनिबार (चैत २६ गते) पनि रियल टायम ग्रस सेटल्मेन्ट प्रणाली सञ्चालन हुने जानकारी गराएको छ । आरटीजीएस प्रणाली सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि सञ्चालन  हुने भएको हो ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यो प्रणाली सञ्चालन राख्न निर्देशन दिएको छ ।
यो प्रणाली मार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

1

Scroll to Top