Banijya News

समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता साधारण शेयर जारी गर्ने

1
1.1K Shares

समता घरेलु लघुवित्त वित्तिय संस्थाले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० कायम हुने गरी सर्वसाधारणका लागि हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।जसअनुसार संस्थाले २ लाख ८९ हजार ४४० कित्ता साधारण शेयरको जारी गर्नेछ ।

लघुवित्तले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
दिगो लघुवित्त सेवा प्रदान गर्ने, कृषि उत्पादन बढाउने, र गरिबजन समुदायमा आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ लघुवित्तको स्थापना भएको हो ।
लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा मिति २०७८ चैत्र २५ गते हस्ताक्षर गरेका छन् ।

1

Scroll to Top