आज नेपाली बाजरमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम रहेको थियो ।


