आज शेयर बजार बन्द हुने भएको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएसँगै नेप्से करोबारमा बन्द हुने भएको हो । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै देशभर आईतबार सार्वजनिक बिदा दिने निणर्य भएको जनाएको थियो ।
सार्वजनिक विदाका दिन शेयर बजार पनि बन्द हुने गरेको छ । शेयर बजार सोमबार मात्र खुला हुनेछ ।
यसअघि गत बिहीबार नेप्से सूचक ३५.६९ अंकले बढेर २४६४.३५ विन्दुमा बन्द भएको थियो । सो दिन २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख बराबरमा किनबेच भएको छ ।


