बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । आईपीओको शुक्रबार नै प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ । प्रि अलटमेन्ट सम्पन्न गरेर शुक्रबार बाँडफाँडको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डबाट अन्तिम निणर्य भने भइनसकेको बिक्री प्रबन्धकले जानकारी दिएको हो ।
कम्पनीले चैत्र १६ गतेबाट चैत्र २१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । त्यस्तै , ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि रहेको छ ।
उक्त आईपीओमाा अन्तिम दिन सम्ममा २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा १५ दशमलव ७६ गुणा आवेदन परेको छ । जसमध्येबाट १ लाख ६६ हजार ३४५ जनाले १० कित्ताका लागि दरले आईपीओ पाउने छन् ।


