प्रभु इन्सुरेन्सको साधारण सभा बुधबार हुने भएको छ । इन्सुरेन्सको सभा चैत ३० गते प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त बसेको सभाले ११.५८प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ । गत वर्षको नाफाबाट ११प्रतिशत बोनस शेयर र कर तिर्न ०.५८% नगद लाभांश वितरण गर्दैछ ।
कम्पनीले चैत १७ गते सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउने भएका छन् । सभामा सहभागी हुन सक्नेछन् ।


