विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ बिक्री गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।
विन्ध्यवासिनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले कुल २५ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको हो । जारी पुँजीको २५% शेयर निष्कासन गर्न लागेको छ। बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।
कम्पनीले पहिला स्थानीयलाई आइपीओ बिक्री गर्ने भएको छ । त्यसपछि मात्र सर्वसाधारणका लागि जारी गर्नेछ ।


