नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो आफ्नो चुनावी प्रचारको पोस्टरमा राखेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेज ’क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक भएको चुनावी पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र प्राधिकरणका निर्देशक घिसिङको फोटे राखिएको हो ।
उक्त सार्वजनिक तस्बिरमा ’अँध्यारोबाट उज्यालोको यात्रा’ पनि लेखिएको छ । मोओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको हो ।
माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो ।


