Banijya News

हिमाल आरोहणमा ६ सय ७ जनाले लिए अनुमति

1
1.1K Shares

वसन्त ऋतुमा नेपालका हिमाल आरोहण गर्नेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय ७ जनाले अनुमति लिएको जनाएको छ । त्यस्तै, गत वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएका थिए । जसमध्य पुरुष ४ सय ७४ जना र महिला १ सय ३३ जना रहेका छन् ।
हिमाल आरोहरणका लागि ६४ देशका आरोहिले अनुमति लिएका छन् । त्यसैगरी, सबैभन्दा धेरै अमेरिकाका १ सय ४ जना छन् । रुसबाट १७ जना आरोही आएका हुन् ।
सगरमाथा आरोहणका लागि २ सय २५ जनाले अनुमति लिएका छन् । साथै, कञ्चनजङ्घाका लागि ६७ र आमाडब्लम हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका हुन् ।
स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकहरु पदयात्रामा जान थालेका छन् । पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित भएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए ।

यसैबीच गण्डकी प्रदेशमा पर्ने अन्नपूणर् आधार शिविर र मर्दी हिमालको पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन व्यवसायी खुसी भएका छन् ।

1

Scroll to Top