खारे इन्भेष्टमेन्ट लिमिटेडको विशेष साधारण सभा हुने भएको हो ।
कम्पनीका अनुसार चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १६ गते सभा बोलाएको छ । उक्त सभा काठमााडौंमा बिहान ११ बजे शुरु गर्ने निणर्य गरेको कम्पनीले जनाएको हो ।
स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सभामा प्रस्ताव पारीत हुने छ । त्यस्तै, प्रस्ताव नं (ख) बमोजिम कार्यको लागि अख्तियारी दिने प्रस्ताव पनि छन् । होंगुखोला १ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको हक हस्तान्तरण गर्ने एजेण्डा पनि रहेको छ ।


