लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेल नियुक्त भएका छन् । प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो । पोख्रेललाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराइएको छ ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रूपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूणर्ता दिन निर्देशन दिए ।
उनले लुम्बिनी प्रदेशका राजधानी निर्माणका लगायत लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अब्बल सावित हुन आफ्नो क्षमता देखाउन आग्रह गरेका थिए । सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताए । आफू पनि यही प्रदेशको भएकोले अर्को परिवर्तित सन्दर्भलाई सम्बोधन गर्नका लागि आफू तयार भएको उनको भनाइ थियो ।


