सिटी होटल लिमिटेडको आईपीओ बिक्रीमा आउने भएको छ । होटलले आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते बोर्डमा निवेदन दिएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न होटलले अनुमति मागेको छ । होटलले सर्वसाधारणमा शेयर जारी गर्ने भएको हो।


