आइएमई जनरल इन्सुरेन्सले साधारण सभा बस्ने भएको छ । इन्सुरेन्सले सभा वैशाख ९ गते काठमाडौंमा बिहान १० बजेबाट सुरु गर्ने भएको हो ।
उक्त सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर दिने प्रस्ताव पेश हुनेछ । साथै, कर तिर्न ०.३७% नगद लाभांश दिने पनि प्रस्ताव सभामा पेश गर्नेछ । त्यसैगरी, कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७८-७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा छन् । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
कम्पनीले सभा प्रयोजनका लागि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गरेको छ । चैत २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने भएका छन् । त्यस्तै, प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


