पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा आज बिहान काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।
’लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका हुन् ।
पूर्व राज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन् ।


