वीमा समितिले पूँजी बृद्धिको निर्णय गरेपछि बीमा कम्पनीहरु समस्यामा परेका छन् । वीमा काम्पनीहरुलाई यो निणर्ण निकै सकसपूर्ण बनेको छ । जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पु–याउनु पर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम समितिले बैशाख १० गतेभित्र पुँजी वृद्धिको स्पष्ट खाकासहित योजना पेस गर्न समेत कम्पनीहरुलाई भनेको थियो ।
नेपालमा सञ्चालित कुल ३९ बिमा कम्पनीहरूमध्ये २१ वटाले चुक्ता पुँजी वृद्धि योजना बुझाएको समितिले जनाएको छ । समितिको निर्देशनबमोजिम १० वैशाखभित्र सबै बिमा कम्पनीहरूले पुँजी वृद्धि योजना बुझाइसक्नुपर्नेछ । तर, शुक्रबारसम्ममा १० वटा जीवन बिमा कम्पनी र ११ वटा निर्जीवन बिमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएको समितिले बताएको छ ।
कम्पनीको चुक्ता पुँजी सात अर्ब ५० करोड छ । त्यस्तै, नेपालमा हाल २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै चुक्ता पुँजी कायम गरेको छ । यो कम्पनीले पुँजी तीन अर्ब रुपैयाँ पुरा गरेको छ । त्यस्तै, नेपालमा हाल दुईवटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका छन् ।
बीमा समिती समक्ष पुँजी वृद्धिको योजना बुझाउने बीमा कम्पनीहरु
जीवन बीमा कम्पनीहरुतर्फ
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी
एसियन लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
सानिमा लाइफ इस्न्योरेन्स कम्पनी
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
मेट लाइफ इन्स्योरेन्स कम्पनी
निर्जीवन बीमा कम्पनीहरुतर्फ
सानिमा जनरल इन्स्योरेन्स कम्पनी
एभरेष्ट इन्स्योरेन्स कम्पनी
अजोड इन्स्योरेन्स कम्पनी
पु्रडेन्सीयल इन्स्योरेन्स कम्पनी
जनरल इन्स्योरेन्स कम्पनी
आईएमई जनरल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनी
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी
नेको इन्स्योरेन्स कम्पनी
शिखर इन्स्योरेन्स कम्पनी


