Banijya News

सेयर बजार ५.१७ अंकले बढ्दा ,१ अर्ब ८ करोड बराबरको कारोबार

1
1.1K Shares

बुधबार सेयर बजारमा सुधार आएको छ । सेयर बजार ५.१७ अंकले बढेको छ । यससँगै सूचक २३७६.१७ विन्दुमा आएको छ ।

नेपाल स्टकका अनुसार आज करिब १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर किनबेच भएको छ । १३ मध्ये ९ वटा समूहमा हरियाली देखिएको छ । बुधबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह बढेको छ । आज अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३ सय ३२ रूपैयाँको कारोबार भएको हो ।

 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ३८ रुपैयाँ ८० पैसा पुगेको छ ।त्यस्तै आज सानिमा इक्विटीको मूल्य सर्वाधिक घटेको छ । आज इक्विटीकोको मूल्य ३.८८ प्रतिशतले घटेर प्रतिकित्ता १२ रुपैयाँ ८७ पैसामा झरेको छ ।

1

Scroll to Top