Banijya News

कारोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सरकारले गर्यो आग्रह

1
1.1K Shares

सरकारले सर्वसाधरणलाई दिदै आएको कारोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सु्चनामा जोन्सन एन्ड जोन्सन खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो ।

यस्तै, अन्य खोप पनि पूणर् मात्रा लगाएको तीन महिना पुगिसकेकालाई मात्र बुस्टर खोप लगाउन पाउने भएका छन् । खोप लगाएकाले पनि स्वास्थ्य मापदण्डका ५ कार्यलाई पालना गर्नु पर्ने मन्त्रालयले जनाएको छ । ५ कार्यमा भित्र पर्ने भौतिक दूरी कायम, मास्क प्रयोग, खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने काम, हातको सरसफाइ जस्ता पर्दछन् । मन्त्रालयले, नयाँ भेरियन्ट आउन नदिन ,आफू बच्न, अरुलाई बचाउन, संक्रमणको चक्र तोड्न सबैलाई सुचना दिदै आएको छ । साथै, स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ती कार्यलाई निरन्तरता दिन आग्रह गरिएको हो ।

1

Scroll to Top