Banijya News

सुन प्रतितोला १ हजार रुपैयाँले घट्यो, चाँदी पनि ‌ओरालो लाग्ने क्रम जारी

1
1.1K Shares

सुनचाँदीको मूल्य आज पनि घटेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको ९९ हजारमा कारोबार भएको थियो । साथै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० कायम भएको छ ।

 

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३४० रुपैयाँ कायम रहेको थियो ।

1

Scroll to Top