Banijya News

अपि पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

1
1.1K Shares

अपि पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले चैत १३ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट अहिले ३९.३६% अनुपातमा हकप्रद बिक्रीमा ल्याएको हो । अब हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top