Banijya News

त्रिभुवन विश्वविद्यालयले दियो चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा

1
1.1K Shares

त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिने भएको छ । बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने त्रिविले प्रकाशन गरेको सूचनामा उल्लेख भएको छ ।

वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा विश्वविद्यालयले दिने निणर्य गरेको हो । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ । तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।

1

Scroll to Top