चन्द्रागिरी हिल्स पावर कम्पनीको आम्दानीमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विक्तिय विवरणका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा ४२ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । गत आवमा तुलनामा चालू आवमा कम्पनीको आम्दानी १४१ प्रतिशत वृद्धि भएको छ ।चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । कम्पनीले गत आवमा रू.१७ करोड ४२ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४२ करोड ३ लाख पुगेको हो ।
गत आवमा कम्पनीले रू. १८ करोड ११ लाख नोक्सानीमा रहेकोमा चालू आवमा घटेर रू.२ करोड ९४ लाखमा झरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९२ पैसा ऋणात्मक छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ७० पैसा छ ।
यस कम्पनीको मूख्य आम्दानी भनेकै कम्पनी परिसरमा भ्रमण गर्न आउने पर्यटकहरुबाट गरिने खर्च हो । पछिल्लो समय फैलिएको कोरोनाको कारण प्रभावि भएको रहेको कम्पनीमा चहल पहल हुन थालेको छ । कम्पनी परिसरमा विभिन्न क्रियाकलापहरु ,विवाह समारोह ,नेपाल सरकारका निकायहरुका विभिन्न दिवा तथा आवसिय कार्यक्रमहरु लगायत महोत्सव तथा समारोहरु सञ्चालन हुदै आएका छन् । यसले गर्दा कम्पनीको आय आर्जनमा सुधार हुदै गएको कम्पनी वित्तीय विवरण मार्फत जानकारी दिएको छ ।


