महालक्ष्मी लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त कम्पनीको वित्तिय विवरण अनुसा खुद नाफा ८.४१ प्रतिसतले वृद्धि भएको हो । कम्पनीले खुद नाफा रकम ७ करोड २४ लाख २० हजार रुपैयाँ कमाएको छ ।
गत वर्ष २ करोड ८२ लाख ५७ हजार रुपैयाँ मात्र रहेको खुद बिमा शुल्क कम्पनीको थियो । यो वर्ष १२ करोड ५१ लाख २४ हजार रुपैयाँमा कायम रहेको छ ।
कम्पनीको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ । जीवन बिमा कोष ४८.३५प्रतिसतले बढेको छ ।त्यसैगरी, कम्पनीको जगेडा कोष ३६.९५प्रतिसतले बढेको हो । कम्पनीले आइपीओ प्रस्तवसहित वैशाख २५ गते विशेष साधारण सभा बोलाएको छ ।


