ज्योति लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण निष्कासन भएको छ । इन्सुरेन्सको वित्तिय विवरणमा सार्वजनिक भएको अनुसरा खुद नाफासँगै प्रमुख सूचक बढेको छ ।
इन्सुरेन्सको सो अवधिमा खुद नाफा ७०.९९ प्रतिसतले बढेको छ । साथै इन्सुरेन्सको खुद नाफा रकम २० करोड ६५ लाख ९ हजार रुपैयाँ कायम रहेको हो । गत वर्षको सो अवधिमा इन्सुरेन्सले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा जीवन बिमा कोषको आकार ६१.९प्रतिसतले बढेको हो । रमक ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ निर्धारण भएको छ । इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन १२.७ प्रतिसतले बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
ज्योति लाइफको चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर वार्षिक ११ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२७ रुपैयाा ०९ पैसा छ ।


