Banijya News

महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

1
1.1K Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्सको आज विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा काठमाडौंको कमलपोखरीस्थित होटल हुकुममा सम्पन्न गरेको हो ।

 

कम्पनीको आज बसेको सभाबाट अधिकृत पूूँजी ५ अर्ब र जारी पूँजी ३ अर्ब कायम हुने गरी पूँजी वृद्धि गर्ने निणर्य गरेको छ । त्यसैगरी, कम्पनीले ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने र मर्जर, एक्विजेसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निणर्य पनि सभामा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नु पर्नेछ ।

पूँजी वृद्धि योजना बमोजिम अघि बढ्न आइतवार विशेष साधारण सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी समेत गठन गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५ अर्ब गर्ने निर्देशन दिइसकेपछि सञ्चालक समितिको निणर्य अनुसार पूँजी वृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी वृद्धि गर्ने सहमति लिएर विशेष साधारण सभा आह्वान गरेको थियो ।

1

Scroll to Top