जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयअवधिभरका लागि मदिराजन्य पदार्थ बिक्री र सेवन गर्न नपाईने जानकारी दिएको छ । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रशासनले मदिराको बिक्री र सेवनमा रोक लगाएको हो । कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै वैशाख २७ गते मध्यरातदेखिका लागि मदिरा बिक्री तथा सेवन प्रतिबन्ध गरेको हो । प्रशानको यो प्रतिबन्ध वैशाख ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि लागु हुने जारी सूचनामा जनाइएको छ ।


