रिडी हाइड्रोपावर डेभलपमेन्टको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा खुद नाफा बढेको छ । कम्पनीको वित्तिय विवरणमा सार्वजनिक भए अनुसार खुद नाफा गत वर्षको भन्दा २१५८.४०प्रतिसतले बढेको हो । जुन रकम ४८ करोड ३८ लाख रुपैयाँ हुन जान्छ । अघिल्लो वर्ष कम्पनीको नाफा २ करोड १४ लाख रुपैयाँमा सीमीत रहेको थियो ।
यो अवधिमा यसले अन्य स्रोतबाट हुने कम्पनीको आम्दानी ६० करोड ५१ लाख रुपैयामाँ कायम भएको छ । सो अवधिमा रिडीको चुक्ता पुँजी ५८ करोड ५५ लाख रुपैयाँमा सीमित रहेको हो । त्यसैगरी, रिजर्भ कोषमा ४८ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११० रुपैयाँ १७ पैसामा कायम रहेको छ । सार्थ, प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ६८ पैसा हो ।


