Banijya News

मलंगवाको नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

1
1.1K Shares

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा ४ हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् । यादवले ९ हजार ७८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल साहले चार हजार ६३९ मत मात्रै ल्याएका छन् । यस्तै, उपप्रमुखमा कांग्रेसकी शकुन्तलादेवी साह निकटतम प्रतिस्पर्धी भन्दा चार मत मात्रै बढी ल्याएर विजयी भइन् ।

साहले ५ हजार १४३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले ५ हजार १३९ मत पाइन् । सर्लाहीमा अहिलेसम्म १० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १० पालिकामा मतगणना जारी छ । मतगणना सार्वजनिक भएका १० पालिकामध्ये ८ पालिकामा कांग्रेस र दुईवटा पालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।

1

Scroll to Top