वीरगन्ज महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका (जसपा) उम्मेद्वार राजेशमान सिंह २२ हजार ५४४ मतान्तरले विजयी भएका छन् । सिंहले ४६ हजार २१५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन् । सिंह एमालेका उमेदवारभन्दा १९ हजार ४५६ मतले अघि छन् । निवर्तमान मेयरसमेत रहेका सरवागी सिंहभन्दा २२ हजार ५ सय ४४ मत पछाडि रहे । मेयरका अर्को उम्मेदवार राप्रपाका गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाए । सिंह पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । वीरगन्जमा एमालेले पनि लोसपासँग गठबन्धन गरेको थियो ।
उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । उपमेयरमा विजयी कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाए ।


