Banijya News

ताप्लेजुङका विमलको मृत्युबारे छानबिन गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

1
1.1K Shares

गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्कीको मृत्युबारे विषयमा छानबिन हुने प्रतिबद्धता जनाएका छन् । एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन । छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ ।

‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’

1

Scroll to Top