Banijya News

तुलसीपुरमा मेयर उपमेयरमा एमालेका टिकाराम र स्यानी विजयी

1
1.1K Shares

तुलसीपुर उपमहानगरपालिकाको मेयर उपमेयरमा एमालेका टिकाराम खड्का विजयी भएका छन् । खड्काले गठबन्धनको तर्फबाट काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीलाई ३६९१ मतको अन्तरले पछि पार्दै खड्का विजयी हुनुभएको हो । खड्काले ३१४०८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्धन्द्धी गिरीले २७७१७ मत प्राप्त गरे । त्यसैगरी एमालेका स्यानी चौधरी पनि विजयी भएकी छिन् । चौधरीले गठबन्धनको तर्फबाट समाजवादीका जोगबहादुर रानालाई ९५३२ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् ।

स्यानीले ३०५९७ हजार मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी रानाले २१०६५ हजार मत प्राप्त गरे । १९ वडा रहेको तुलसीपुर उपमहानगरपालिका मध्य १० वटा वडामा नेकपा एमालेले विजयी हासील गरेको छ भने गठबन्धन र स्वतन्त्रले ९ वटा वडा जितेका छन् । निर्वाचन कार्यालयका अनुसार उपमहानगरका २, ३, ६, ८,१०, ११, १३, १५, १८, १९ मा एमालेले विजयी हासील गरेको छ भने गठबन्धनको तर्फबाट १, ४, १२, नम्बर वडा नेकपा माओवादी र नेपाली काँग्रेसले ५, ७, ९, १४ र १७ नम्बर वडा जितेको छ । त्यसैगरी उपमहानगरको १६ नम्बर वडामा स्वतन्त्रले जितेको छ । बैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार ३ सय ३७ मत खसेको थियो ।

1

Scroll to Top