Banijya News

२२ यात्रुसहित उडेको तारा एयरको जहाज सम्पर्कविहीन

1
1.1K Shares

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट आइतबार बिहान ९ः५५ बजे २२ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो । जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले जनाए ।

सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ । विमानमा दुईजना विदेशी, दुईजना भारतीय र १३ जना नेपाली यात्रु सवार छन् । नाइन एन–एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले जनाए । विमान घोडेपानी पुगेपछि सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए ।

1

Scroll to Top