Banijya News

बजेट कार्यान्वयन गर्दा महिलाको रोजगारी बढाउन संग्रौलाको आग्रह

1
1.1K Shares

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बजेट कार्यान्वयन गर्दा महिलालाई रोजगारी र आयआर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन आग्रह गरेकी छन् । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सरकारसँग महिलालाई रोजगारी र आयआर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउनु आग्रह गरेकी हुन्।‘उद्योगधन्दा, पर्यटन, रोजगारी हरेक क्षेत्र कोरोनाबाट प्रभावित भएको छ । कोरोनाबाट रोजगारी र आय श्रोत गुमाउनेमा महिलाहरुको संख्या धेरै छ,’ संग्रौलाले भनिन्, ‘त्यसैले बजेटको कार्यान्वयन गर्दा महिलाहरुलाई रोजगारी र आय आर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन म सरकारलाई आग्रह गर्दछु।

’प्रतिपक्षी दलका सांसदहरुले बजेटलाई चुनावी बजेट भनेको प्रति आपत्ति जनाउँदै उनले बजेटमा उत्पादन बढाउने र अर्थतन्त्रको आकार ठूलो बनाउने कार्यक्रमहरु लिएर आएको जिकिर गरिन् । ‘प्रतिपक्षी सांसदज्यूहरुले यो बजेटलाई चुनावी बजेट, महत्वाकांक्षी र वितरणमुखी भन्नु भए पनि यो बजेट वास्तवमा उत्पादन बढाउने र अर्थतन्त्रको आकार ठूलो बनाउने कार्यक्रमहरु लिएर आएकाले त्यसलाई सन्तुलन गरेको छ,’ सांसद संग्रौलाले भनिन् ।उनले बजेटले आयात घटाउने र निर्यात बढाउने नीति लिएको पनि जनाईन ‘देशमा उत्पादन वृद्धि र लगानी प्रवर्धनको क्षेत्रमा सरकारले गरेका नीतिगत व्यवस्थाहरु सकारात्मक छन्,’ संग्रौलाले भनिन्, ‘बजेटले आयात घटाउने र निर्यात बढाउने नीति लिएको छ।’

1

Scroll to Top