Banijya News

चिनियाँ नेता लिउले माधव नेपालसँग भेट गर्ने

1
1.1K Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चोओबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच मंगलबार अपरान्ह ४ बजेपछि भेट हुने जनाईएको छ । नेता नेपाल निकट एक नेताका अनुसार नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ । नेपाल भ्रमणमा रहेका नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । लिउ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।

1

Scroll to Top