Banijya News

दसैँका लागि नयाँ नोट भदौ २० गतेबाट

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ । भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्ने तयारी भइरहेको मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालले बताए ।
राष्ट्र बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएको छ । २० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी छ ।
गत वर्षको दसैँमा ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष भने कति नयाँ नोट बजारमा पठाउने भनेर अहिलेसम्म राष्ट्र बैंकले निर्णय भने गरेको छैन् ।

1

Scroll to Top