Banijya News

कामपाका मेयरसँग सात दिनभित्र लिखित जवाफ माग

1
1.1K Shares

अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । “निवेदकको माग बमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु ।

”नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर गरिएको रिट निवेदनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर साहविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरिएको थियो । अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध उक्त अवहेलनाको मुद्दा दायर गरेका थिए । नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

1

Scroll to Top