देशभर थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । ३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १७३२ जनाको पिसिआर परीक्षण गर्दा १८० र १८२५ जनाको परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । २१५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३१५८ जना सक्रिय संक्रमित छन् ।


