बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकको आज साधारणसभा भइरहोको छ । बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजेदेखि सुरु भएको छ भने ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजेदेखि सभा सुरु भएको हो । यी दुबै बैंक मर्जरमा जाँदैछन् ।
मर्जरकै विषयमा छलफलको लागि साधारण सभा बोलाएका हुन् । सभावमा दुबै बैंक मर्जमा गएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने, दुवै बैंकको लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुँदैछ । साधरणसभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्ने कार्यक्रम छ । दुवै बैंक बराबर अनुपातमा मर्ज हुन थालेका हुन् । ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २० गतेदेखि सेयर कारोवार फुकुवा भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोवार रोक्का भएको थियो ।


