नेपाल राष्ट्र बैंकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको हो ।
राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जनाएको छ ।
त्यसगरी, महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतंवादी क्रियाकलापमा भए गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।


