राष्ट्रपतिको चुनाव फागुन २५ गते हुने भएको छ भने उपराष्ट्रपतिको निर्वाचन चैत ३ हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्नेछन् ।


