नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०–८१ को बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताएका छन् । आज संघीय संसदमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
‘उद्योग सम्बन्धी जग्गाको हदबन्दी, जग्गाको भोगाधिकार लगायतका कुरा बजेटमा समेटिए जसरी कार्यान्वयन भए सकारात्मक देखिएको छ ,’ उनले भने ।
बजेट भाषणमा राम्रो आउने गरेको भएपनि कार्यान्वयन नहुने हाम्रो परम्परागत समस्या रहेको ढकालको भनाइ छ ।


