प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । आजको बैठकमा तीनवटा मन्त्रालयकाे बजेटबारे छलफल हुनेछ । आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुन लागेकाे हाे ।
यस्तै, आजको बैठकमा सांसदहरूले खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


